अन्य चलचित्र भन्दा पृथक ढंगले निर्माण गरिएको चलचित्र ‘अभियान’ 

Bhuwan Chaulagain 13 April 2021

रसुवा /सुजन तामाङ्ग ( लोपेन)
 यतिबेला नेपाली चलचित्र "अभियान"को छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । 

करिव ९०% प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिनु भएको छ । आफ्नो निर्देशन रहेको अभियान चलचित्र तामाङ समुदायको थाकथलो अर्थात  "किपट"अरु फिल्म भन्दा पृथक ढंगले निर्माण गरिएको कुरा प्रष्टाउनु भयो ।

छोटो समयमै करिव ९०% प्रतिशत सुटिङको छायांकन सकेको र केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेको तेमल ,रसुवाको गोल्जुङ र बृदिम ,अनि नुवाकोटको त्रिशुली, ककनीको रुम्बा राजा दरबार (स्मृति) स्थित छायांकन गर्ने तयारी रहेको  निर्देशक योन्जनको भनाई थियो । काभ्रे सँगै रसुवा तथा इलामको बौद्ध धाममा पनि चलचित्रको छायांकन हुने जानकारी भएको छ।

 यस अभियान चलचित्रको मुख्य भुमिका निभाउनु हुने कलाकारहरु नायक/ नायिका अर्थात मुख्य पात्रको भुमिकामा दावा फिन्जो तामाङ ,जय नन्द लामा, श्याम माया तामाङ अमर पाख्रिन तामाङ, रश्मिला वाइवा तामाङ,खलनायक तथा अन्य कलाकारहरु जयनन्द लामा दिनेश तामाङ , दिनेश कोइराला ‘डिकु’, राजेस लेप्चा ,मदन राइ, सम्भु योञ्जन तामाङ, गजम घिसिङ्ग, कमल राइ, मेनुका राइ, कुमारी लिम्बु,  रितेश जंग खत्री ,कृष्ण काफ्ले, सन्तोस राइ, नुनु बोम्जन तामाङ  सरोज धमला लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको पाइन्छ।

पुर्बी धनकुटा हिले उतर पानी स्थित धमाधम चलिरहेको सुमन योन्जनको छायांकनमा रहेको अभियान चलचित्रको निर्देशक लाख मान योन्जनले निर्देशन गर्नु भएको छ भने शृङ्गार करुणा लिम्बुले सगाउनु भएको जानकारी तामाङले दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0