अमेरिकामा २ करोड भन्दा बढीमा कोरोना संक्रमित

Bhuwan Chaulagain 8 January 2021

एजेन्सी । अमेरिकामा २ करोड २१ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार १९० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।


पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३१ लाख ४३ हजार ३१७ जना संक्रमणमुक्त भएका छन् ।  उपचार गराइरहेका ८६ लाख १४ हजार ६०४ जनामध्ये २९ हजार ३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार १३४ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ७४ हजार १२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0