काठमाडौं । निर्देशक बीरेन तितुङले निर्देशन गरेको तीनवटै म्यूजिक भिडियो ग्लोरी अवार्डको लागी नोमिनेशनमा परेको छ ।
उनी यो क्षेत्रमा वि.स २०१४ देखि लागी परेका हुन । पहिले क्यामेरा म्यानको रुपमा काम गरेका उनले अहिले भने निर्देशकको रुपमा काम गरिरहेका छन । उनले ५ दर्जन भन्दा बढि भिडियोहरुको छायाकंन तथा निर्देशन गरिसकेका छन् ।
निर्देशक तितुङले निर्देशन गरेको सट मुभी ‘हराएको फुल’ क्रिस्चेन फिल्म फेस्टिबलमा सेकेन्ड रनर अप हुन सफल भएको थियो । यदिमात्र हैन यू केमा हुने ग्लोरी अवार्डमा उनले निर्देशन गरेको ३ वटा म्यूजिक भिडियोहरु (सदा–सदा,कान्छा कान्छी र हे साइला ) बिभिन्न बिधाबाट अवार्डको लागी नोमिनेशनमा सम्म परेको छ ।
चर्चित गायक राम कृष्ण ढकाल ,आनन्द कार्की ,राजेस पायल राइ ,अन्जु पन्त लगायत अन्य चर्चित गायक तथा कलाकारसगं उनले सहकार्य गरिसकेका छन् । हालैमात्र राजेश पायल राइ र सुस्मीता राइको स्वर रहेको ‘हिमाल मेरो’ बोलको गीतको छायाकंन सकिएको छ उक्त गीतको भिडियोमा चर्चित मोडल बज्र सिं लामा र पायल मोक्तानको दमदार अभिनय देख्न सकिन्छ भने उक्त भिडियो केही दिन मै बजारमा आउदैछ ।
निर्देशक तितुङको निर्देशनमा ‘वान रोज’ सिरिज केही समय पछाडी बजारमा आउदैछ ।