आगलागीबाट ९ लाखको क्षति

Bhuwan Chaulagain 14 March 2021

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ ।

स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0