आजको मौसम अपडेट : यस्तो छ मौसम पूर्वानुमान

Bhuwan Chaulagain 26 January 2021

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। 


महाशाखाले आज दिउँसो  प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ  ।  

यसैगरी, राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

यस्तै, राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0