आज सुनुवाइ  हुँदै ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दा

Bhuwan Chaulagain 20 March 2022

काठमाडौं | पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन । तर, मुद्दाको टुंगो लागेको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेको तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0