आमाछोडिङमो गाउँपालिकालाई एम्बुलेन्ससहित ४२ ओटा अक्सिजन सिलिन्डर हस्तान्तरण

Bhuwan Chaulagain 14 May 2021

सुजन तामाङ्ग (लोपेन)

 रसुवा । आमाछिदीङमो गाउँपालिकाको विशेष पहलमा रसुवामा निर्माणधिन सङ्जेन् जाल विद्युत कम्पनीको ठेगदर कम्पनी SEW TUNDI ले ३२ ओटा अक्सिजन सिलिन्डर र चालक सहित एम्बुलेन्स र nepal hydro ले ९ ओटा गरी जम्मा ४२ ओटा सिलिन्डर पालिका प्रमुख बुजुङ तामाङ्ग र वार्ड नं  ५ का अध्यक्ष टाशी छेवाङ तामाङ्गको मातहतमा पालिका स्वस्थ्य शाखा प्रमुख निमा तामाङ्गलाई हस्तान्तरण गरिएको छ । 

यस महामारीले अस्तव्यस्त भएको बेला हामी पनि यसै रसुवा जिल्लामा काम गर्दै आइरहेको र अघिपछि पनि धेरै थोरै सहयोग गर्दै आइरहेकोले यस महामारीको बेला मानवीय हिसाबले केही राहत पुगोस् भनी ३२ ओटा सिलिन्डर र चालक सहितको एम्बुलेन्स  उपलब्ध गरेको  SEW TUNDI का सहयोग इन्चार्ज उद्धव राज बरालले बताए ।

 कोरोनका महामारीमा अक्सिजन सिलिन्डर समेत नपाएको र अक्सिजनको अभावले ज्यान गुमाएका धेरै रहेकोले यस महामारीको समयमा अक्सिजन र एम्बुलेन्स उपलब्ध गराइएको मा  SEW tundi र नेपाल हाइड्रो कम्पनीलाई पालिका प्रमुख बुजुङ तामाङले धन्यवाद व्यक्त गरेका छन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0