आमाछोदिङमो गाउँपालिका गतलाङ्गमा ‘कर्तोक फाउण्डेशन काठमाडौं’द्वारा राहत वितरण

Bhuwan Chaulagain 15 September 2021

सुजन तामाङ्ग (लोपेन) /रसुवा 

रसुवा । रसुवा जिल्लाको उत्तरी भेगमा रहेको अति मनोरम पर्टकीय स्थल गोसाइँकुण्ड गाउँपालिका लाङटाङमा जन्मनु भएको‘कर्तोक फाउण्डेशन काठमाडौं’को संस्थापक कर्तोक तामाङ्ग गतलाङद्वारा राहत वितरण गरेका छन । 

कोरोनाको कारण लामो समय निषोज्ञाका भएकोले जनजीवन कष्ट भएको हुँदा त्यसमाथि पनि वृद्धवृद्धाहरुलाई झन् गार्हो भएको महसुस भएर आमा छोडिङमो गाउँपालिका गतलाङमा ६० जना वृद्धवृद्धाहरुलाई चामल र तेल वितरण गरिएको छ।  कार्यक्रममा वडा अध्यक्ष दावा गोमबो तामाङ्गको प्रमुख अतिथि ,विशेष अतिथि अजितमान तामाङ समाज सेवी धन बहादुर तामाङ लगायत गाउँका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 

अध्यक्ष कर्तोक तामाङले आफ्नो भनाई राख्ने क्रममा भावुक हुँदै २०७२ शल को महा बिनाशकरी भुकम्पको बेला आफ्नो घरको २५÷२६ जना परिवारलाई हिम पहिरोले पूरी मृत्यु भएको र यस्तो अवस्थामा आफू जस्तै कयौं परिवारको दुःख भएको देख्दा आफूले सकेको सहयोग गरम भन्ने हेतुले यस ‘कर्तोक फाउण्डेशन’ दर्ता गरी विगतको दिन देखि धेरै थोरै आफूले सकेको सहयोग गर्दै आएको र  यस महामारीको बेला आफ्नै जिल्लाको सबै ठाउँमा नसके पनि यस गतलाङमा उमेर दलकेको वृदवृद्धाहरुलाई आफूले सकेको सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सकेको साहयोग गर्ने बताए  । 
  
  यस कार्यक्रमलाई सहजीकरण गरिदिने समाजसेवि धन बहादुर तामाङ आफूले विगत २०७२ शलको महा भुकम्पको बेला राहत बाढ्ने क्रममा यस गतलाङमा बाँड्न नपाउँदा दुखी भएको र अहिले यस कोरोना महामारीको बेलामा आफूले सकेको सहयोग गर्न पाउँदा र यस कार्यक्रमको हिस्सा हुन पाउँदा खुसी व्यक्त गरे । 

आफ्नो गाउँमा यसरी रहत बाढ्न आएकोमा खुसी हुँदै वृद्धवृद्धाहरुले सहयोग गर्न आएकोमा धेरै धेरै धन्यवाद दिँदै आशीर्वाद समेत  दिएका छन् ।  वडा अध्यक्षले सम्पूर्ण टिमलाई खादा लगाई धन्यवाद दिनु भएको छ र आगामी दिनमा हरुमा पनि सहयोग को अपेक्षा सहित यस ‘कर्तोक फाउन्डेसन ’ लाई उत्तरउत्तर प्रगतिको शुभकामना दिएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै