एकैदिन भारतमा कोरोना संक्रमणबाट १३० जनाको मृत्यु

Bhuwan Chaulagain 16 March 2021

एजेन्सी । भारतमा १ करोड १४ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १४ लाख ९ हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार८९२ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख २५ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख २५ हजार १३९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0