कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

Bhuwan Chaulagain 5 April 2022

काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना नेपाली  सैनिकको मृत्यु भएको छ । 

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0