कतारमा दुई नेपाली सम्मानित

Bhuwan Chaulagain 4 December 2020

दोहा । कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।  उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

सम्मानित हुने राई सन् २०१० मा कतार आएका थिए । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किएका उनी निर्माण सम्बन्धी धेरै काममा पोख्त रहेका छन् ।

आफू नसिर अल अलि ईन्टरप्राईजेज जस्तो कम्पनीमा काम गर्न पाएकोमा एकदमै खुशी रहेको बताए । सम्मानित हुने थापा पनि सन् २०१० मै कतार प्रवेश गरेका थिए । सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेको उनी बताउँछन् ।

नेपालीहरुसंगै कम्पनीले दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई पनि जनही १५ हजार कतारी रियलसहित सम्मान गरेको छ । कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0