काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस

Bhuwan Chaulagain 17 January 2021

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ ।

विहान साढे ६ बजेको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुने छ । बादल लाग्ने र घाम लाग्ने दुबै क्रम चलिरहने छ । 


अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  जल तथा मौसम विज्ञान विभागले देशको विभिन्न भू–भागमा आकाशमा बादललागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ ।

तराईका केही भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै सतर्क हुन विभागले भनेको छ । 

यस्तै राज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का  पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै