काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० गरी जम्मा १३९८ जना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।