कुवेतमा सवारी दुर्घटनाः दुई नेपालीको मृत्यु

Bhuwan Chaulagain 6 November 2020

दोहा ।  कुवेतमा  भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।


कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घटना भएको जनाएको छ । उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको  नोभेम्बर ५ तारिखका दिन मृत्यु भएको जनाएको छ ।

३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्पनीसँग समन्वय गरेर उनीहरुको शवलाई नेपाल पठाइने दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0