कोरोना संक्रमणबाट बीपी प्रतिष्ठान धरानमा उपचाररत एक युवकको मृत्यु 

Bhuwan Chaulagain 3 November 2020

सुनसरी ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५ः४० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।


कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा.श्रेष्ठले बताए । ती युवामा कुनै दीर्घ रोग पनि नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0