कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

Bhuwan Chaulagain 6 November 2020

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0