कोरोना संक्रमणबाट विदेशमा यो साता  तीनजना नेपालीको मृत्यु

Bhuwan Chaulagain 28 February 2021

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0