काठमाडौं । गीता देवी र सुन्दर सुनामको आवाजमा ‘बेथानचोक दर्शन’ बोलको गीत बजारमा आएको छ ।
गीतमा शब्द छवि श्रेष्ठको रहेको छ भने संगीत गायक तथा संगीतकार किरण गौतमको रहेको छ।
राजु कार्कीको संगीत संयोजन गरेको गीतमा गीता देवी र सुन्दर सुनामको सुन्दर आवाज सुन्न सकिन्छ ।
उक्त गीतमा काभ्रेको अत्यन्तै सुन्दर र रमणीय क्षेत्र बेथानचोक गाउपालिकाको सुन्दरता देख्न सकिन्छ ।
गीतलाई डिजिटल ज्योती फिल्मस प्रोडक्सनले बजार ब्यबस्थापन गरेको हो भने उक्त भिडियो ‘सुन्दर सुनाम’को अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो :