गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते

Bhuwan Chaulagain 16 December 2020

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । 


काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् । 


गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0