गोरखामा लाग्यो देउसी भैलो खेल्न प्रतिबन्ध

Bhuwan Chaulagain 6 November 2020

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गरेकी छन् ।

त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।


कुनै मेला आयोजना गर्ने, बजारमा भिड गर्ने काम नगर्न, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र बेला बेला साबुन पानीले हात धुन भनिएको छ ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै