चर्चित संगीत संयोजक बिष्णु तामाङ्ग र गीता श्रेष्ठको आवाजमा ‘सालको पात जसरी’ भिडियोसहिद बजारमा 

Bhuwan Chaulagain 30 June 2021

 बिष्णु तामाङ्ग अहिलेको चर्चित तथा व्यस्त संगीत संयोजक तथा गायक हुन

काठमाडौं ।  अहिलेका चर्चित संगीत संयोजक तथा गायक बिष्णु तामाङ्गको र गीता श्रेष्ठको आवाजमा ‘सालको पात जसरी’ बोलको गीत भिडियोसहिद बजारमा आएको छ । 

गीतमा शब्द गीता श्रेष्ठको रहेको छ भने संगीत संयोजन बिष्णु तामाङ्गको रहेको छ ।

शंकरा डिजिटल रेकर्डि स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिष्णु तामाङ्ग र गीता श्रेष्ठको सुन्दर आवाज सुन्न सकिन्छ । 

कपिल लामाले निर्देशन गरेको भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमको अभिनय देख्न सकिन्छ ।

बिपिन क्षेत्रीको छायांकन रहेको भिडियोमा नबिन घर्ति मगरको सम्पादन रहेको छ । 

 बिष्णु तामाङ्ग अहिलेको चर्चित तथा व्यस्त संगीत संयोजक तथा गायक हुन ।

उनी बिगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका छन् । 

‘सालको पात जसरी’ बोलको भिडियो ‘शिवपुरी म्यूजिक’को अफिसियल  यूट्यूब च्यानलबाट बजारमा आएको छ । 

भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0