जिल्ला समन्वय समिति दोलखाका प्रमुखमा नेता ‘चे’ को बहुमत

Bhuwan Chaulagain 2 June 2022

दोलखा । दोलखा जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखको बन्ने भन्ने विषयमा चर्चा चलिरहेको छ । दोलखा  जिल्लामा ०९ स्थानिय निकाय रहेको छ ।

नौं स्थानिय निकायमा १८ जना प्रमुख र उप–प्रमुख रहेका छन् । बहुमत प्राप्तको आधारमा राजनीतिक दलले जिल्ला समन्वय समितिको नेतृत्व गर्ने हुँदा भर्खरै सम्पन्न स्थानिय निकायमा दोलखामा तीन दलिय गठबन्धनसँग बहुमत रहेको छ। जसमा नेपाली काग्रेंशले पहिलो,ने.क.पा एमाले दोस्रो  र माओवादी तेस्रो पाटी बनेको छ।

यस तथ्यांकलाई हेर्दा गठबन्धनले आफ्नो हातमानै जिल्ला समन्वय समितिको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । जसमा सबै पार्टीको आफ्नो आफ्नो आंकाक्षाहरु देखिन्छ । तर, गठबन्धनको निर्णय अनुसार  जिल्ल समन्वय समिती माओवादी केन्द्रको भागमा परेको कुरा निश्चित नै भएको छ। वर्तमान दोलखाको राजनीतिमा नेकपा माओवादि केन्द्रका नेता नेत्र बहादुर केसी सन्तोषलाई दिने कुरा सकारात्मक देखिएपनि पर्टी संगठन भित्रै देखिएको आन्तरिक द्वन्द्वका कारण यस्लाइ नै दिने भान्नेकुरामा सहमती जुट्न अझै सकेको छैन ।

जिल्ला समन्वय समितिको अध्यक्ष आफू  बन्ने दरिलो दाउमा मओवाद्रीका नेता सन्तोषले भित्रि रणनीति बनाईरहेको देखिएको छ । तर,माओवादी निकट नेताहरु भने आगामी निर्वाचनमा समेत गठबन्धन टिकाइ राख्नको लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीले इमान्दारीताका साथ आफुहरु अनुकुल निर्णय दिने  बताउदै आईरहेका छन् ।

गठबन्धनको निर्णय अनुसार मओवादी केन्द्रको तर्फबाट नेत्रबहादुर के.सी ‘चे’आफू जिल्ला समन्वय समितिको प्रमुखमा आउनेगरी निर्वाचनमा दोलखा जिल्ला अन्तरगतको तामाकोशी गाउँपालिकाको वडा न.६ बाट उनी पालिकाकै उत्कृष्ट मतका साथ खुल्ला सदस्यमा समेत निर्वाचित भएका थिए। नेता चे  जिल्ला समन्वय समितिको प्रमुख बन्ने ठुलो सभावना रहको छ । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0