थप ७९ जना कोरोना संक्रमित थपिए,मृत्यु हुनेको संख्या शून्य

Bhuwan Chaulagain 15 March 2021

काठमाडौँ । देशभर आज ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ आज जना संक्रमणमुक्त भएका छन् । आजसम्म निको भएर घर फर्किनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १४ जना छ ।  देशभर हाल आइसोलेसनमा ८ सय ९५ छन् भने क्वारेन्टाइनमा ४४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0