दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

Bhuwan Chaulagain 11 May 2022

दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।

झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0