नेपाली कलाकारिता क्षेत्रमा उदाउँदो  तारा ‘दीपेन्द्र सोनाम’ 

Bhuwan Chaulagain 9 April 2022

काठमाडौं । नेपाली कलाकारीता क्षेत्रमा दीपेन्द्र सोनामको नाम चर्चामा छ । बहुभ्रतिभाशाली सोनाम मोडलिङ तथा गायन क्षेत्रमा उत्तीकै चर्चित छन् । फोटो फिरिममा (चाईल्ड भर्सन),बदमाश,चोखो माया,बदमाश २,तिम्रो साँचो माया जस्ता लगायतका चर्चित गीतहरुमा उनले आवाज दिसकेका छन्।

साथै उनी मोडलिङ क्षेत्रमा पनि उत्तिकै चर्चित छन्। सोनामले नेपालका महानायक राजेस हमाजदेखि विभिन्न मोडलहरुसंग स्क्रीन सेयर गरिसकेका छन् । उनले विभिन्न चर्चित गायक तथा गायिकाहरुसंग आफ्नो सुमधुर स्वर दिइसकेका छन्।

नयन पोष्टसगं कुरा गर्दै सोनाम भने ‘कलाकारीता क्षेत्रमा मैले धेरै संघर्ष गर्दै आएको छु । ताप र चाप सहेरमात्र हिरा बन्न सक्ने भएकाले मैले पनि धेरै दुःख पिडाहरुसगं सामना गर्दै आएको छु र एकदिन दीपेन्द्र सोनाम कलाकारीताको क्षेत्रमा चम्किलो तारा जस्तै चम्किने छ ।’

 
दीपेन्द्र सोनाम र सोनीका रोकायाको अभिनयमा रहेको ‘बदमाश’ गीतबाट सोनाम चर्चामा आएका हुन् । त्यसलगत्तै सोनाम र अन्जु पन्तको आवाज दीपेन्द्र र केकी अधिकारीको अभिनयमा रहेको ‘चोखो माया’ गीतको भिडियोले सोनामलाई चर्चामा प-यो। त्यसै गरी अहिले गायक मोडल दीपेन्द्र सोनाम थप चर्चामा रहेका छन् । केहि महिना अगाडी सार्वजनिक भएको बदमाश २, हरामी मन त यो हरामी गीतको भिडियो सार्वजनिक भए लगत्तै उनको चर्चा चुलिएको छ ।

उक्त गीतमा चर्चित मोडल दुर्गेश थापा,कबिता नेपाली,दीपेन्द्र सोनाम र गरिमा शर्माको अभिनय रहेको छ। उक्त गीतको भिडियोमा दीपेन्द्र सोनाम र गरीमाको जोडीलाई दर्शकहरुले असाधै रुचाएका छन्। 

सोनामले चर्चित गायिका मेलिना राईसंग गायको ‘तिम्रो साँचो माया’गीत सार्वजनिक भएको थियो र उक्त गीतले पनि उनलाई थप चर्चामा पु-यो । अहिले पनि सोनामका भिडियो तथा गीतहरु बजारमा धेरै आइरहेका छन् । उनी कलाकारिता क्षेत्रमा व्यक्त छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0