नेप्सेमा निरन्तर गिरावट

Bhuwan Chaulagain 10 March 2021

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घट्न पुग्यो ।

साताको पहिलो दिनदेखि निरन्तर घटेको कारोबार रकममा बुधबार पनि संकुचन देखिएको छ यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ ।

बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । जुन मंगलबारको तुलानमा धेरै कम हो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो ।

लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । बुधबार चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तिय संस्था, शिखर इन्स्योरेन्सका लगानीकर्ताको बजारबाट ४ प्रतिशतसम्म नोक्सानी ब्यहोरे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0