पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिए

Bhuwan Chaulagain 2 November 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् । 

काठमाडौंमा मात्र हालसम्म १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् भने ६७ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २८८ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६३ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

काठमाडौंमा १० हजार ७९७ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै