पर्यटन प्रवर्द्धनकालागी खाँडादेवीमा जेसीजको पैदल यात्रा (फोटोफिचर)

Bhuwan Chaulagain 10 June 2022

काठमाडौं ।  खाँडादेवी जेसीजले जेसीज सप्ताहको अन्तिम दिन ‘पर्यटन प्रवर्द्धनकालागी पैदल यात्रा’ भन्ने शिर्षकमा कायक्रम सम्पन्न गरिएको हो  । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर पर्यटकीय हिसावले अत्यन्तै सुन्दर ठाउँ हो ।

सोही ठाउँलाई पर्यटन प्रवर्द्धनकोलागी देश तथा विदेशमा परिचित गराउन खाँडादेवी जेसीजले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । खाँडादेवी मन्दिर नेपालकै प्रसिद्ध मन्दिरहरु मध्ये एक हो । उत्तः मन्दिर समुन्द्रि सतहदेखी करिव १९८६ मिटरमाथि रहेको छ । चिसो हावापानी रहेको उक्त मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबलै आफ्नै विशिष्ट स्थान छ । 

शाखाका कार्यकारीणी उपाध्यक्ष गुणराज श्रेष्ठको सभापतित्व, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशेष आतिथ्यतामा शाखाका संस्थापक अध्यक्ष होमराज श्रेष्ठ रहेको उक्त कार्यक्रममा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष केशव प्रधान, वडा नम्बर ५ का अध्यक्ष मनोज न्ँयौपाने, वडा नम्बर ६ का अध्यक्ष नारायण कार्की, वडा नम्बर ७ का अध्यक्ष चण्डिकलाल तामाङ, वडा नम्बर ८ का अध्यक्ष गंगालाल तामाङ, कार्यपालिका सदस्य गोमा विक, विभिन्न विद्यालयका शिक्षक, स्थानीय राजनीतिक दलका नेता, सामाजिक व्यक्तिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

१५० जना भन्दा बढी सहभागि रहेको पैदल यात्रामा बुद्धभवानी माविबाट ५९ जना, प्रायोग्यश्वोर माविबाट ३० जना, भिमेश्वर माविबाट २ जना, जिएन बोडिङ स्कुलबाट १७ जना, प्रगतिशिल माविबाट १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । गोगन पानी देखी शुरु भएको पैदल यात्रा ज्याङछ्युव छ्र्योतेन स्तुपा हुँदै क्षेत्री गाउँ, राई गाउँ, माकादुम हुँदै १० कि।मि। को पैदल यात्रा विच बाटोहरुमा नाच, गान, कविता सुनाउँदै करिव ३ घण्टा लगाएर खाँडादेवी मन्दिर पुगिएको हो । संयोजक तेजकुमारमा श्रेष्ठ रहेको उक्त कार्यक्रमसंस्थाको महासचिव विनोदकुमार श्रेष्ठले सञ्चालन गरिएको थियो । कार्यक्रम समापन खाँडादेवी मन्दिर परिसरमा गरिएको थियो । 

यसैगरी मंगलवार गोगनपानी रामेछापमा रहेको स्तुपा सरसफाइ गरिएको थियो । सप्ताह कार्यक्रमभित्र रहेर यस भन्दा अघि मावि स्तरीय वक्तित्वकला, कविता प्रतियोगिता, वृक्षारोपणलगायतका कार्यक्रमहरुको आयोजना गरिएको शाखाको महासचिव तथा सप्ताह कार्यक्रमको मुल संयोजक जेसी बिनोदकुमार श्रेष्ठले बताए । 

फोटोफिचर :