प्रदेश २ मा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६५ संक्रमित थपिए

Bhuwan Chaulagain 4 November 2020

जनकपुर । सिरहामा कोरोना लागेका एक जना पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

सिरहाको सुखीपुर नगरपालिका–८ घर भएका ७४ वर्षीय पुरुषको विराटनगरस्थित विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्‍न जिल्लामा ६५ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले विज्ञप्तीमार्फत जनाएको छ । 

धनुषामा १६ जना, महोत्तरीमा छ जना, सिरहामा चार जना, सर्लाहीमा एक जना, रौतहटमा पाँच जना, बारामा नौ जना, पर्सामा दुई जना, सप्तरीमा १९ जना र अन्य जिल्लामा तीन जनामा कोरोना संक्रमण भएको हो । 

बुधबार यस प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा भर्ना रहेका एक सय पाँच जना कोरोनामुक्त भएका छन् । निर्देशनालयको तथ्यांक अनुसार बुधबार यस प्रदेशमा एक हजार एक सय ७० जना सक्रिय संक्रमित रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0