प्रदेश २ मा ९३ कोरोना संक्रमित थपिए

Bhuwan Chaulagain 22 October 2020


जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । 

धनुषामा २३ जना, महोत्तरीमा चार जना, सिरहामा चार जना, बारामा १७ जना, पर्सामा १८ जना, रौतहटमा चार जना, सप्तरीमा २० जना र अन्य जिल्लामा तीन जना संक्रमित थपिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना संक्रमित कोरोनामुक्त भएको विज्ञप्तीमा उल्लेख छ । प्रदेशमा १५ हजार एक सय ८२ जना संक्रमित भएकोमा ती मध्ये १३ हजार ७२ जना कोरोनामुक्त भइसकेको छ । प्रदेश २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय ६३ पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0