प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन

Bhuwan Chaulagain 20 March 2022

तस्बिर : रासस

दोलखा | माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ ।  स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो ।

ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत अर्थ्याएका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दोलखामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पुगेका हुन् । 

आयोजनाको काम पूर्णरूपमा सम्पन्न नहुँदै गत असार २१ गते उद्घाटन गरिएको थियो । उद्घाटनको दिन आयोजनाले ७६ मेगावाट बिजुली उत्पादन गरेको बताए पनि खासमा सात मेगावाट बिजुली उत्पादन गरेको आयोजनाका अधिकारीहरु बताउँछन् ।


कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले हालसम्म एक अर्ब युनिट बराबरको बिजुली प्रवाह गरिसकेको छ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनेकौँ हण्डर ठक्कर व्यहोर्दै आयोजनाको निर्माण सकिएको प्रतिक्रिया दिएका छन् । यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ ।

आयोजनाको सफलताले आगामी दिनमा यस्तै ठूला परियोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिन्छ भन्ने अनुभव र आत्मविश्वाससमेत बढेको प्राधिकरणको भनाइ छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा समेत चार घण्टा पूर्ण क्षमतामा आयोजना चल्छ ।

प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0