फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ अनि केपी ओलीको आयु सकिन्छ : प्रचण्ड

Bhuwan Chaulagain 4 February 2021

काठमाडौं  । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् । 

बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’


उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको  भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए । 

‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ। यसले लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ’, प्रचण्डले भने । 

ओलीले संविधान मिच्दै हिजो असंवैधानिक ढंगले संवैधानिक परिषद्मा सपथ गराएको भन्दै यसलाई आफूले जंगली राजा जस्तै भएको ठानेको बताए । उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0