भट्भटे र बिम्लीको अभिनयमा ‘पढाई औठा छाप’ सार्वजनिक 

Bhuwan Chaulagain 13 April 2021

काठमाडौं । बेगम नेपाली (भट्भटे माइलो) र शुशिला निरौला (बिम्ली)को अभिनयमा ‘पढाई औठा छाप’बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा बालकृष्ण फुयाँलको शब्द÷संगीत रहेको छ भने बालकृष्ण फुयाँल र लक्ष्मी खड्काको स्वर रहेको छ । गीत तरंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्। ।

मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा बेगम नेपाली (भट्भटे माइलो) र शुशिला निरौला (बिम्ली) अभियनय देख्न सकिन्छ । महेश महराले छायांकन गरेको भिडियोलाई अविनाश डि सी ले सम्पादन÷कलर गरेका हुन् ।

बालकृष्ण फुयाँलको प्रस्तुति रहेको ‘पढाई औठा छाप’ म्यूजिक भिडियो शिवदर्शन अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । 
भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0