भिम पौडेल र अप्सरा खरेलको आवाजमा ‘पिपल समी’ बोलको गीत भिडियोसहित बजारमा

Bhuwan Chaulagain 1 August 2021

काठमाडौं । अन्जिला फिल्मस्को प्रस्तुती भिम पौडेल र अप्सरा खरेलको आवाजमा ‘पिपल समी’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । 

गीतमा शब्द युनिक भोजराज बि.कको र संगीत तथा थेगो बिनोद तामाङको  रहेको छ ।  उक्त गीतमा  भिम पौडेल र अप्सरा खरेलको स्वर रहेको छ भने शिशिर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतमा कृष्ण बि क (भान्जा) को संगीत संयोजन रहेको छ । 

समिर थोकरको निर्देशन र कोरीयोग्राफर रहेको उक्त भिडियोमा सोम लामा ,बिनोद तामाङ र जुना कार्कीको अभियनय देखन सकिन्छ ।   बिपिन छेत्रीको छायांकन रहेको भिडियोलाइ  उत्तम कुमार कार्कीको सम्पादन गरेका हुन् ।

अन्जिला फिल्मस् को प्रस्तुती रहेको ‘पिपल समी’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। 

भिडियो हेर्नुहोस :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0