भूपेन्द्र थापा मगरले हातपारे नेपाल आइडल सिजन–४ को उपाधि

Bhuwan Chaulagain 20 March 2022

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।

 शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन(४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।


झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0