सिन्धुली । स्थानीय चुनावको मिति नजीकिएसगैं चुनावी माहोल तातिएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार को हुने भन्ने चर्चा त छदैछ पार्टीहरुबीच एक अर्कालाइ आरोप प्रत्यारोप लगाउन पनि सुरु भैसकेको छ ।
कस्ले कस्लाइ र कति भ्रम छर्ने र लोभ्याउने,आफू निकट कसरी बनाउने भन्नेबारेमा उत्तीनै दौडधुप चलिरहेको छ । यसैबीच सिन्धुली जिल्ला सुनकोशी गाँउपालिकामा भने सबै पार्टीको चुनाबी माहोल तातिएको देखिन्छ छ । एक अर्कालाई आरोप प्रत्यारोप लगाउनपनि सुरु भैरहेको देखिछ ।
केहीदिन अगाडी माओवादी नेता तथा सुनकोशी गाँउ कमिटी अध्यक्ष दुधराज पुलामी मगरले माओवादी केन्द्रलाई भोट नदिनेले अरु पार्टीमा पनि भोट हाल्न नपाउने वातावराण बनाउने चेतावनी समेत दिएका छन् ।
वडा नं. १ मा भएको पार्टीको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रलाई भोट नदिनेले अरु पार्टीलाइ समेत भोट हाल्न नपाउने र बाटो छेक्ने चेतावनी समेत दिएका छन् । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता राजन दहाल प्रमुख अतिथिको रुपमा उपस्थिती थिए ।
नेकपा एमाले सुनकोशी पार्टी र नेपाली काङ्ग्रेसले भने चेतावनीको राजनीति नगर्न भनी नेता पुलामिलाइ उल्टो चेतावनी समेत दिएका थिए ।