म्यानचेस्टर सिटीको ५-० गोलको फरकमा जित

Bhuwan Chaulagain 27 January 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे ।

जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि छ । वेस्ट ब्रुम ११ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0