यसरी बच्यो एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट

Bhuwan Chaulagain 29 November 2020

काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।


हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।  चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0