यस्तो छ आजको मौसम पूर्वनुमान

Bhuwan Chaulagain 23 February 2021

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।


बुधबार देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू –भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


बिहीबार देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0