याद राख्नुहोस जानेर पनि  यी दिनमा शारीरिक सम्पर्क नराखौं ,यस्तो छन कारणहरु

Bhuwan Chaulagain 1 December 2020

काठमाडौँ ।  विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो ।

तर, शारीरिक सम्पर्क स्त्री पुरूषको मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ ।


व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७-२९-३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।

पुराणमा स्‍त्री–पुरुष म‌िलनका लागि केही दिन अशुभ भनेर उल्लेख गरिएको छ ।

ती दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन ।

उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।

 

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।

३. सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । ती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ।

५. साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।

६. श्राद्धको समय अर्थात् पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुने पुराणमा उल्लेख छ ।

७. पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री-पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0