रणवीर र आलिया विवाह बन्धनमा बाँधिए

Bhuwan Chaulagain 15 April 2022

एजेन्सी । बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरले विवाह गरेका छन्।

बिहिबार उनीहरुले विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए।

रणवीर–आलियाको बिहेको बारेमा दुवै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए।  कयौँ पटक दुवैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो। 

कहिले दुवैको विवाह १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0