रसुवामा पहिलो पटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु

Bhuwan Chaulagain 2 December 2020

रसुवा । रसुवा चरण तथा घाँसेबाली अनुसन्धान केन्द्र रसुवामाका एकजना कर्मचारीको कोरोना संक्रमनबाट मृत्यु भएको छ।

पहिलो पटक परीक्षण गर्दा उनको  कोरोना नेगेटिभ देखाएको थियो तर दोस्रो पटक परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको थियो । गत बुधबार जिल्ला अस्पताल रसुवामा भर्ना भएको उनलाई बिहीबार थप उपचारको लागी काठमाडौं लगिएको थियो । के.ए.म सी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

उनको काठमाडौं घर भएता पनि उनी परिवारसहित केही वर्ष देखि रसुवामा नै बस्दै आएका थिए ।  उनी चरण तथा घाँसे बाली अनुसन्धान केन्द्र रसुवाको स्थायी कर्मचारी थिए ।  रसुवामा हालसम्म १ सय २१ जनामा पोजेटिभ देखिएको छ । जसमध्य १ सय १५ जना कोरोना संक्रमित निको भएको छन् । स्वस्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ६ जना सक्रीय संक्रमित रहेका छन्। 

जसमध्य नौकुण्ड गाउँपालिका मा ९ जना, उत्तरगया गाउँपालिका मा ३२ जना, कालिका गाउँपालिकामा ४५ जना , गोसाईकुण्ड गाउँपालिकामा १५ जना ,आमा छोडिङमो गाउँपालिकामा १ जना र बाहिरी जिल्लाका १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा हाल सम्म १ हजार ५ सय ६८ वटा स्वव संकलन गरिएकोमा १ हजार ४ सय १४ नेगेटिभ र १ सय २१ जना पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0