रेनुको पहिलो निर्णय : छोरीको बीमादेखि ७ हजार लिटर खानेपानी निःशुल्क

Bhuwan Chaulagain 25 May 2022

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा पुन: निर्वाचित मेयर रेनु दाहालले आज पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गरेसँगै रेनुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । जसमा भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिने उल्लेख छ। उनकाअनुसार बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुनेछ ।

त्यस्तै, ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ । यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ ।

मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0