विराटनगरमा २ संक्रमितको मृत्यु

Bhuwan Chaulagain 2 November 2020

विराटनगर । पछिल्लो चौबीस घण्टामा विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन् । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध छन् । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0