शंखमुलमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु,एकजना घाइते 

Bhuwan Chaulagain 29 November 2020

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३१ शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते छन् । उनको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0