सक्षम सोसाईटी नेपाल र ह्याल्मो हेलपिङ हेण्डस नेपालको नि:शुल्क दन्त शिविर सम्पन्न (फोटोफिचर)

Bhuwan Chaulagain 29 March 2021

सुजन तामाङ्ग (लिपेन)

रसुवा । सक्षम सोसाईटी नेपाल र ह्याल्मो हेलपिङ हेण्डस नेपालको आयोनामा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ ।

ह्योल्मो हेलपिङ हेण्डस नेपालको महत्वपूर्ण सहयोगमा रसुवा जिल्लामा रहेको सक्षम सोसाईटी नेपालको आयोजनामा र गोसाइँकुण्ड गाउँपालिकाको मुख्य सहयोग तथा काठमाडौं स्कूल ओलार हेल्थ बाट एक चिकित्सक चार जना Senior dental hygienist सहित १० जानको टोलीमा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

गोसाइँकुण्ड गाउँपालिका को १,२,३वडा( वृदिम, टिमुरे,थुमन्) मा १/१दिनको शिविर सञ्चालन गरिएको थियो उक्त शिविर बाट ८४० जनाले सेवा लिने मौका पाएका छन् ।

 यस शिविरसँगै कोभिड-१९पछि ठप्प रहेको पर्यटन व्यवसायमा टेवा दिनका निम्ति eco पर्यटन प्रवर्द्धन र विकास सम्बन्धि कार्यक्रम पनि गरिएको थियो ।

सक्षम सोसाईटी र ह्योल्मो हेलपिङ हाण्डस नेपालले पहिलो पटक रसुवाको धुन्चे र श्यफ्रुमा गरिएको थियो भने दोस्रो पटक सिन्धुपाल्चोक जिल्लामा शिविर सञ्चालन गरिएको थियो। तेस्रो पटक रसुवाको वृदिम,टिमुरे,थुमन् मा शिविर सञ्चालन गरिएको थियो । अर्को वर्ष अरु अरु गाउँपालिकाहरुमा गर्ने योजना रहेको छ ।

    यस शिविर सफाल पार्न सक्षम सोसाईटी नेपालको सदस्य लामो थुटिन तामाङको ठूलो योगदान रहेको छ । उनी एक seniour dental hygienist पनि हो।

फोटोफिचर 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0