साताको पहिलो दिन सेयर ५१ अंक ओरालो 

Bhuwan Chaulagain 14 March 2021

काठमाडौं । चैत महिनाको पहिलो दिन आइतबार सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव २३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव १० अंकले ४३५ दशमलव दशमलव १३ अंकमा झरेको छ ।

 


कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0