सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहद्वारा आगजानी

Bhuwan Chaulagain 4 February 2021

काठमाडौँ । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो ।

आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए ।

उनका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ । बिहीबार नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा गरिएको नियुक्तविरुद्ध आमहड्तालको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0