रसुवा सुजन तामाङ्ग (लोपेन)
रसुवार । रसुवाको स्वास्थ र शिक्षित समाज निर्माण अभियानका सामाजिक अभियन्ता नर्स प्रतिमाद्धारा सार्की छिरिङ तमाङलाई बचाउन आर्थिक सहयोगको अपिल गरेकी छिन् । दुवै किड्नीमा समस्या भएकी सार्की छिरिङका लागि उपचार खर्च जुटाउन आर्थिक सहयोग गर्न अपिल गरेकी छिन् । हाल सामाजिक अभियन्ता नर्स प्रतिमाले दुवै किड्नीमा समस्या भएका सार्की छिरिङ थोक्रा बचाऊ अभियान संचालन गरेकीछिन् ।
सार्की छिरिङ बचाउ अभियानमा लागेका यार्साका स्थानिय अभियन्ता सुरेश थोक्रा र डिल्लरामले पहिले देखि अभियान संचालन गरिरहेका थिए । उनै स्थानिय अभियन्ता सुरेश थोक्रा र डिल्लीरामले नर्स प्रतिमालाई उपचारको लागि अभियान संचालन गरि बिरामीलाई सहयोग गर्न अनुरोध गरे पछि रसुवा कै चर्चित सामाजिक अभियान्ता नर्स प्रतिमाले बिरामीलाई भेटेर वास्तविक अवस्था बुझेर आफुले अभियान संचालन गरेको बताइन् ।
साबिक यार्सा गा.वि.स. वडा नम्बर १, हाल नौकुण्ड गाँउपालिका वडा नम्बर – २ यार्सा बसोबास गर्ने ४१ वर्षे सार्की छिरिङ्ग थोक्राको दुवै मृगौला फेल भएका छन् । बिरामीको दुवै मृगौला फेल भएर त्यस्तो अवस्थामा पुगेपछि उनका आफ्नै पत्नीले बिरामीको स्याहारसुसार र उपचार गर्नुको साट्टो बिरामीलाई छोडेर पोईला गएको र आर्थिक रूपले निकै कमजोर रहेका ४१ वर्षे सार्की छिरिङलाई बचाउन उनको उपचारको लागि आर्थिक सहयोग गर्न सम्पूर्ण मनकारी महानुभावहरूमा नर्स प्रतिमाले अपिल गरेकी छिन् ।
सार्की छिरिङ तामाङ पेशाले पहिले गाडी चालक थिए । त्यही पेशाबाट आफ्नो परिवारको खर्च चलाउथे तर त्यही दैनिकी काम गरेर खानु पर्ने मान्छे नै अहिले बिरामी भए अहिले धेरै समस्या भएको नर्सले बताईन । झन बिरामी पनि हुनु आफ्नै जीवन साथीले साथ छोडे पछि अवस्था नाजुक हुने नै भयो । बिरामी अहिले नियमित रूपमा नेपाल मेडिकल हस्पिटलमा डाईलेशिस गरिरहेका छन् ।
‘तपाई हाम्रो सानो सहयोगले उहाँको अमुल्य जीवन बचाउन सकिन्छ भने किन नगर्ने ? अभियान्ता नर्स प्रतिमाले बताइन साथै उनले फेसबुक स्ट्याटस हाल्दै सार्की छिरिङ थोक्रालाई बचाउनको लागि कोही मनकारी महानुभावहरू सहयोग गर्न चाहनुहुन्छ भने आफु र अभियानमा लागेका सुरेश थोक्रा, डिल्लीराम तमाङ भुज्यूङ तमाङ लगायत जो कोही सँग सम्पर्क गर्न सकिने बताइन ।
साथै उनले सहयोग गरेको सबै पैसाको पारदर्शीताको साथ सबैको नाम र खर्च विवरण फेसबुकमा सबैलाई ट्याग गरेर पोष्ट गर्ने र त्यी सहयोग रकम बिरामीलाई हस्तान्तरण गरेको सबैले देख्ने गरी लाइभ प्रदर्शन गर्ने पनि बताइन । ।
अभियन्ता नर्स प्रतिमाको विगतको धेरै राम्रा राम्रा कामहरूको मुल्यांकनको आधारमा उनलाइलाई विश्वास गरेर देश र विदेशबाट समेत सहयोगहरू आइरहेको उनको फेसबुक मार्फत बताउदै आएकीछन । आफुहरूले संचालन गरेको अभियानमा अहिले देश र बिदेश दुवैबाट साथ र सहयोग आईरहेकोमा खुशी लागिरहेको छ नर्स प्रतिमाले बताइन्। उनको अनुसार रसुवाका हर जनताको हर सुख दुखमा साथ दिदै आईरहेका छन् । तसर्थ उनी रसुवाको एक रोलमोडलको रूपमा स्थापित छिन । यसरी उनको उदाहरणीय कार्यहरूबाट रसुवाली जनता सबै खुशी देखिन्छन् यसरी गरेको उनको कार्यको सबैले प्रशंसा गरेको देखिन्छ ।