सिन्धुली । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकामा नेकपा एमालेको टिकट विवाद मिल्न सकेको छैन ।
टिकट दाबेदार गर्ने नेताहरु धेरै भएको हुनाले विवाद बढेको हो । हिजो भएको छलफलमा १० जना आकांक्षी भएको हुनाले विवाद नमिलेको स्रोतले जनाएको छ । उक्त छलफलमा दुई तिहाइ गाउँ पार्टी सदस्यहरुको दाबी सहित टिकटको दाबेदार गरेका नेता रोमन राज गिरि (अशोक) पक्षले टिकट नपाएको भन्दै असन्तुष्ट समेत व्यक्त गरेका थिए ।
जनताको माग अनुसार पार्टीले टिकट नदिएको साथै जिल्ला र प्रदेशको नेताको पहुचमा हुनेले टिकट पाउने परिपाटि अझै रहेको भन्दै नेता गिरि पक्षले असन्तुष्ट व्यक्त समेत गरे । नयन पोष्टसगं कुरा गर्दै नेता गिरिले भने ‘गाउँ पार्टीको बहुमतले निर्णय गरेको कुरा जिल्ला र केन्द्रले मान्नु पर्ने र सर्वसम्मत आफुले टिकट पाउनु पर्ने र त्यस्मा कुनै विवाद गर्न मिल्दैन । ’
आज कसलाइ टिकट दिने भन्ने विषयमा पूर्ण बैठक बस्दै छ । यदि आज बसेको बैठकबाट टिकट कसलाइ दिने भन्ने बारे टुगाें लाग्न सकेन भने नामवली जिल्लामा सिफारिस हुँने स्रोतले जनाएको छ । स्थानीयहरुबीच भने नेता गिरिे लोकप्रिय छन् ।